Nepal's First Video FM

प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ

588

माघ २१ ,   ल्याण्डमार्क होटल , दरबारमार्गमा  भएको भनिएको सामूहिक ‘बलात्कार’को घटनामा  प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको जानकारी प्राप्त भएको छ ।

लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएकाले रिसाउदै आफुले  सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख गरिएको  छ ।

सामूहिक बलात्कारको घटना मिलाउन दरबारमार्ग वृत्तका प्रहरीले  ठुलो भूमिका खेलेको पाइएको छ ।  केटाकेटीले बिहे गर्ने सहमति भएको भन्दै प्रहरीले दुबैको सामूहिक तस्वीरसमेत खिचेर राखेका छन् । मिलापत्र भइरहेको ठाउँमा भने  युवती  रोइरहेको प्रत्यक्षदर्शीको देखेका  छन् । मिलापत्रमा लेनदेनबारे उल्लेख नगरिएको जानकारी आएको छ ।

You might also like

Comments are closed.