वैशाख २८, काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।
मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो । उपत्यका बाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा लगायत चार वटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा दिने उल्लेख गरेको छ ।
सरकारले १ सय ४ दिन बिदा कटौती गर्दै ८९ दिन बिदा दिने निर्णय गरेको भए पनि जात्रा लाग्ने चार दिन भने बिदा कटौती गरेको थिएन । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
Comments are closed.