काठमाडौं । अभिनेत्री निशा अधिकारी मल्ल सामाजिक सञ्जाल छाईरहने अभिनेत्रीको रुपमा लिन सकिन्छ । क्रिकेटर शरद भेषावकरसँग बैबाहिक सम्बन्धमा बाँधिएपछि उनी आफ्नो बाँकी जिवन अमेरीकामा बिताईरहेकी छन् ।त्यसोत उनी अहिले गर्भवती अवस्थामा छिन्, भने उनले आफ्नो गर्भवती रहेको कुरा सामाजिक सञ्जालमा जानकारी गराईरहेकी छन् । करिब २० घण्टा अगाडी अभिनेत्री निशाले फेसबुकमा आफ्नो ठूलो पेटको तस्वीर पोष्ट गर्दै स्टाटस लेखेकी छन् ।
अभिनेत्री निशाले स्टाटसको शिर्षक ‘ग्रान्ड फाइनल’ दिएकी छन् । उनले आफ्नो स्टाटसमा उल्लेख गरेअनुसार उनको बच्चा लगभग ४० औं सातामा छ ।
यतिबेला अभिनेत्री निशा अमेरिकाको वासिङटनमा बसेर आफ्नो पहिलो बच्चाको प्रतिक्षा गरिरहेकी छन् ।
निशाले आफ्नो गर्भमा रहेको बच्चालाई ‘लिटल मङ्की’ भनेकी छन् भने उनको स्टाटसअनुसार निशा आफ्नो गर्भमा रहेको बच्चालाई लिएर निकै उत्साहित छन् ।
Comments are closed.