वैशाख ३०, धादिङको धुनिवेशी नगरपालिकाको धार्के बजारमा क्लिंकर बोकेका २ वटा ट्रकमाथि आगजनी भएको छ ।
बन्दका क्रममा चलाएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय नम्बरप्लेटका २ वटा ट्रकमाथि आज बिहान ३ बजे आगजनी भएको हो । ती ट्रकले मंगलम सिमेन्ट उद्योगका लागि भारतबाट क्लिंकर ल्याएका थिए । भारतसँग नेपालले गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौताको विरोध स्वरुप विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेको छ ।
बन्दका कारण धादिङबाट काठमाडौं, पोखरा, चितवन लगायत स्थानमा जाने साना तथा ठुला गाडीहरु बाटोमै रोकिएका छन् ।
कान्तिपुर बाट
Comments are closed.