वैशाख ३०, राजधानीबारे सम्भाव्यता अध्ययन गर्न गठित विशेष समितिको पहिलो बैठक आज दिउँसो ३ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले आव्हान गरेको बैठकले समितिको सभापति चयन गर्नेछ ।
समितिका जेष्ठ सदस्यको अध्यक्षतमा बस्ने समितिले कार्यविधी समेत तय गर्ने प्रदेश सभा सचिवालयका उपसचिव मोहन निरौलाले जानकारी दिनुभयो । बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित ‘प्रदेशको राजधानी सम्भावयता अध्ययन विशेष समिति’ को पहिलो बैठक बस्न नै ढिलाई हुँदै आएको थियो । असार १ गते ल्याउने तयारीमा रहेको प्रदेशको ‘राजस्व तथा व्ययको अनुमान’ (बजेट), नीति तथा कार्यक्रम प्रभावित हुने भन्दै समितिको बैठक बस्न आलटाल हुँदै आएको हो । पहिलो बैठक बसेको मितिबाट समितिको म्याद गणना हुने भएकोले प्रतिवेदनको लागि कम्तीमा असार १३ गते सम्म कुर्नुपर्नेछ । वैशाख १४ गतेको प्रदेश सभा बैठकले राजधानीबारे सम्भावयता अध्ययन गर्न समिति गठन गरेको थियो ।
३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भएपनि सभामा यसबारे छलफल अघि नै नबढाएपछि ३८ सांसदको हस्ताक्षरसहित सचिवालयमा निवेदन दर्ता भए लगत्तै समिति गठन भएको हो । ‘औचित्यताका आधारमा’ सभालाई प्रतिवेदन पेश गर्न गठन गरिएको समितिलाई बढीमा ४५ दिनको समय दिइएको छ । काभ्रेका सांसदले चैत्र १४ गते, रसुवा र नुवाकोटका सांसदले १५ र भक्तपुरका सांसदले २६ गते राजधानी कायम गर्न माग गर्दै छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए ।
कान्तिपुर बाट
Comments are closed.