Nepal's First Video FM

बाबुरामले दिए दुवै प्रधानमन्त्रीलाई सामाजिक सन्जालमार्फत यस्तो सुझाव ! पढ्नुहोस

531

वैशाख ३०, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालको प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई पूर्वप्रधानमन्त्री तथा नयाँ शत्तिका अध्यक्ष बाबुराम भट्टराईले सुझाव दिएका छन् । भट्टराईले ट्वटरमार्फत दुवै प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

भट्टराईले ट्वीट गर्दै प्रवुद्ध समूह मार्फत एकमुष्ट समाधान खोज्नका साथै राणाकालीन १९५०को सन्धिको सट्टा २१ औं शताब्दी सुहाउँदो नयाँ सन्धि कायम गर्नु पर्ने आग्रह गरेका छन् ।

उनले लेखेका छन्– दुवै देशका प्रमलाई सुझाव भावनात्मक र खुद्रा कुरा हैन समस्याका संरचनागत कारणमा पस्नोस् ! प्रवुद्ध समूह मार्फत् एकमुष्ट समाधान खोज्नोस् । राणाकालीन १९५० को सन्धि सट्टा २१औं शताब्दी सुहाउँदो नयाँ सन्धि गर्नोस्। नेपालको राष्ट्रिय सम्मान र समृद्धि र भारतको सुरक्षा चासोको मिलनबिन्दु खोज्नोस् !

You might also like

Comments are closed.