वैशाख ३०, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भम्रणपछि भारत फर्किएका छन् । छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्री नेपाल भ्रमण गर्नु सकरात्मक भएपनि उनका भ्रमणका क्रममा नेपाल सरकार, प्रदेश सरकार तथा सरोकारवाला निकायका केही गतिविधिको भने आलोचना भैरहेको छ ।
शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरस्थीत जानकी मन्दिरको पुजा अर्चनापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सम्बोधन गरेका थिए ।
सो स्थलमा नेपाल भारतको झण्डा राखिएको थियो । तर त्यहाँ उल्लेखित नेपालको झण्डा सम्मान भन्दा अपमान गरे जस्तो देखिन्थ्यो । नेपालको संविधानमा उल्लेख भएको भन्दा फरक शैलीमा बनाइएको नेपालको झण्डाको किनारा भद्धा ठुलो बनाइएको थियो ।
संविधानमा झण्डाको किनारा भित्री रातो किनारामा नै निलो थप्ने र कोणहरु भित्रकै बराबरको हुनु पर्ने उल्लेख गरीएको छ । तर यो झण्डा भित्रको कोण र बाहिरको कोणमा व्यापक भिन्नता छ ।
यस्तै जनकपुरकै बाह्र विघामा गरिएको नागरीक अभिनन्दनमा समेत प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतको लिखित सम्बोन्धको समेत आलोचित बनेको छ । नेपालको नयाँ संविधान अनुसारनै मुख्य मन्त्री बनेका राउतले नेपालको संविधान विभेदकारी भएको आरोप लगाएका थिए ।
कार्यक्रममा भारतीय प्रधानमन्त्रीलाई हमारे प्रधानमन्त्री समेत भनियो । यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चार माध्यमलाई बाइपास गरियो ।
अहिले सम्म पर्यटक तथा नेपालीहरुलाई समेत फोटो तथा भिडियो खिच्न नदिएको जानकी मन्दिर तथा मुक्तिनाथ मन्दिरमा भारतीय टेलिभिजनहरुलाई निर्वाध लाइभ गर्न दिइएको छ ।
जकपुरको जानकारी मन्दिर तथा मुस्ताङको मुक्तिनाथ मन्दिर भित्र मोदीले पुजा गरीरहँदा भारतीय संचार माध्यमले मन्दीरको मुख्य भागबाट लाइभ गरीरहेका थिए तर नेपाली मिडीयाहरुलाई भने परीसरमै समेत बस्न दिइएको थिए ।
कति सम्म भने क्यामेरा अलाउ छैन भनि लेखिएको पनि वास्ता गरेनन् भारतीय सञ्चार माध्यमहरुले । मोदीको भ्रमण पुर्व नै २ बर्ष अघि नेपालको संविधान जारी हुँदा भारतले लगाएको नाकाबन्दीको बिरोध स्वरुप ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी भन्दै सामाजिक सञ्जालहरुमा चर्को विरोध भयोे ।
साथै शान्तीपुर्ण विरोध प्रर्दशन गर्नेहरुलाइ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यता साझा विवेकशिल पार्टीले आफ्नो कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौ भनि लेखिएको ब्यानर प्रहरीले जवरजस्ती हटायो ।
पुण्यका लागि तिर्थ आएका मोदीले नाकाबन्दी गर्नु गलत थिया भन्छन् कि भन्ने धेरैको अनुमान थियो तर उन्ले केही बोलेनन् । दुई देश विचको सम्बन्धमा देखिएको समस्यामा कुनै नगरि सम्बन्ध सुधार भयो भन्दै मोदी फर्किए ।
Comments are closed.