Nepal's First Video FM

मोदी स्वदेश फर्केको भोलिपल्टै अकास्मात ! ओलीले भने-‘अब म चिन जान्छु’

539

वैशाख ३०, प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताएका हुन् ।

आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराए । ओलीले नेपालले छिमेकसँग सन्तुलित सम्बन्ध कायम गर्ने पनि बताए ।

You might also like

Comments are closed.