वैशाख ३०, नेत्रबिक्रम चन्द’विप्लब’ले गरेको आजको नेपाल बन्दको दिन पाल्पामा पनि बम विस्फोट भएको छ ।
सदरमुकाम तानसेन नगरपालिका ५ कैलाशनगर स्थित श्रीनगर डाँडाको तल्लो भागमा बम विस्फोट भएको हो । विस्फोटमा कस्तो विस्फोटक पदार्थ प्रयोग भएको थियो अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
नजिकै भेटिएको टुक्रा हेर्दा प्रेसरकुकर बम हुन सक्ने प्रहरीले जनाएको छ । विस्फोटका कारण त्यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन् । यसैगरि बन्दका कारण जनाजिवन प्रभावित भएको छ । सवारीसाधन चल्न सकेका छैनन भने विद्यालय, कलकारखाना र बजार बन्द रहेका छन् ।
Comments are closed.