वैशाख ३०, प्रहरीका महानिरीक्षक(आइजी) सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसँग साँठगाँठ गरेको पाएमा तत्कालै कार्वाही हुने बताएका छन् ।
पोखरामा लागुऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट, सभाहल र नागरिक सहायता कक्षको उद्घाटन गर्दै पहिले नागरिकको काम गर्नुपर्ने बताए ।
उनले अपराधिक गिरोह, गुन्डागर्दीसँग मिलेर काम गरेको पाइएमा दुई दिन होइन प्रहरी संगठनमा एक दिन पनि रहन नसक्ने बताए । खनालले भने, ‘चाहे त्यो एसपि होस्, चाहे त्यो डिएसपी होस्, चाहे एसएसपी होस्, चाहे मातहतका प्रहरी होस, तत्कालै कार्वाही हुन्छ ।’
खनालले नागरिकका काम सोर्सफोर्स र राजनीतिक दबाबका आधारमा नभइ नियम अनुसार गर्न प्रहरी निकायलाई निर्देशन दिए । उनले पोखरा पर्यटकीय शहर भएका कारण प्रहरीले रातभरी काम गर्नुपर्ने सुझाए । उनले भने ‘गुन्डागर्दी गर्नेलाई पक्राउ गर्नुहोस्, तर व्यवसायी गर्नेहरुलाई व्यवसाय गर्न दिनुहोस् ।’
उनले व्यापार व्यवसाय बढे राज्यको कर बढ्ने बताउँदै राज्य समृद्ध भएर शान्ति सुरक्षा आफैं हुने बताए । उनले लागुऔषधलाई देशभर अभियानका संचालन गरेर न्युनीकरण गर्ने बताए ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सामुदायीक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष विष्ण भट्टराई शान्ति सुरक्षाका लागि प्रहरी र नागरिक सँगसँगै अगाडी बढ्नु पर्ने बताए ।
कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले कास्कीमा लागुऔषध महाअभियान संचालन भएपछि ८० प्रतिशतसम्म लागुऔषध प्रयोगमा कमी आएको बताए । उनले नागरिकलाई छिटो र छरितो सेवा दिनका लागि नागरिक सहायता कक्ष र सभाहल निर्माण गरेको बताए ।
Comments are closed.