Nepal's First Video FM

उत्तर कोरियाको चेतावनी– ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’

471

माघ २२, उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो ।

गत हप्ता अमेरिकी ‘स्टेट अफ द यूनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो वस्तीको सुरक्षाको अत्यधिक दवावसहित उत्तर कोरियाको आणविक मोह विरोधी अभियान चलाएको बताउनुभएको थियो ।

“ट्रम्पको अमेरिकी पहिलो भन्ने भावको सम्बोधनबाट विश्वले ‘विनासको नयाँ सङ्केत’ देखेको र आणविक हतियारको आधारमा रहेको ‘असन्तुलित शक्ति’ ले विश्वका अन्य मुलुकहरू अमेरिकी चासोका बिषयमा झुक्नु परेको छ,”उत्तर कोरियाको विदेश मामिला मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पलाई उत्तर कोरियामाथि समर्पण गर्न क्रुरतापूर्वक ‘अत्यधिक दवाव’ दिएको पनि आरोप लगाएका छन् ।
“यो अन्तर कोरियाली सम्बन्धलाई राम्रो बन्न नदिने लक्ष्यका साथ आएको उदण्डता हो,” उनले भने । राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेसँगै दुई मुलुकबीच तनाव चुलिएको छ ।

You might also like

Comments are closed.