Nepal's First Video FM

बम विस्फोटबाट चर्चमा भौतिक क्षति, बन्दका कारण धनगढीमा पनि जनजीवन प्रभावित

633

वैशाख ३०, धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिए ।

आइतबार बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ ।

You might also like

Comments are closed.