Nepal's First Video FM

रणवीरसँगको सम्बन्ध बारेमा आलिया आफैंले गरिन यस्तो खुलाशा ! पढ्नुहोस

554

बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला २ विषयलाई लिएर चर्चामा छिन् । उनको मूख्य अभिनय रहेको फिल्म ‘राजी’ प्रदर्शन भईरहेकाे छ । फिल्ममा आलियाको अभिनयलाई दर्शकले रुचाएका छन् भने अर्कातिर रणवीर कपुरसँगको सम्बन्धले पनि आलियाको चर्चा बढ्दो छ ।

यो जोडी छिट्टैनै नयाँ फिल्म ‘ब्रह्मास्त्र’मा पनि एक साथ ‘अनस्क्रिन’ हुदैछन् । स्रोतकाअनुसार जब फिल्म ‘ब्रह्मास्त्र’मा उनीहरु एक साथ सुटिङमा गए, त्यसपछि आलिया र रणवीरबीच सम्बन्ध प्रगाढ बन्दै गएको छ ।

उनीहरु बिच बढ्दो सम्बन्धको चर्चाका विषयमा बोल्दै आलियाले भनेकी छन्, ‘रणवीरकाे अभिनयकाे म ठूलो फ्यान भएकाले सम्बन्ध नजिकिएको हो ।’ यति मात्र नभएर केही समय अघि आलियाले रणवीरसँग विवाह गर्न चाहेको कुरा समेत स्विकार गरेकी थिइन् ।

You might also like

Comments are closed.