Nepal's First Video FM

‘छक्का पन्जा ३’को छायांकन शुरु: देखिने भइन दिपकको जोडीमा दीपिका, पुष्प खड्का ?

627

पछिल्लो समय नेपाली चलचित्र इतिहाँसमा रेकर्ड तोड्न सफल दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ३’को छायांकन शुक्रबारबाट शुरु गरेको छ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पूजाआजा गरी फिल्म छायांकनको शुरु गरीयो ।

फिल्मकी निर्देशक दीपाश्री र निर्माता दिपकराज गीरीले दर्शकको माया बढेसँगै जिम्मेवारी पनि बढेकोले तेस्रो संस्करणमा थप मेहनत गर्ने बताए । दीपाले भनिन्,‘फिल्मको कथावस्तु अघिल्लो पटक झैं सस्पेन्स नै छ ।

तर मनोरञ्जन भने डबल हुने ग्यारेन्टी म दिन चाहन्छु ।’ उनका अनुसार फिल्म काठमाडौंसहित चित्लाङ, दमौली र बाग्लुङमा खिचिनेछ । ‘छक्का पन्जा ३’मा यसपटक कथाको माग अनुसार नयाँ अनुहारमा अभिनेत्री दीपिका प्रसाई र अभिनेता पुष्प खड्कालाई प्रवेश गराईएको छ ।

यसपटक दिपकराज गिरीको जोडीको रुपमा नायिका दीपिका देखिंदैछीन् त्यस्तै यस अघिको फिल्ममा रहेका दुई अभिनेत्री वर्षा राउत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहनेछैनन् भने अभिनेत्री प्रियंका कार्की पनि छक्का पञ्जा–३ मा पहिलाको जस्तो मुख्य भूमिकामा नभएर विशेष भूमिकामा हुनेछिन् ।

आमा सरस्वती मुभिजद्वारा निर्मित छक्का पञ्जा–३ मा दीपकराज गिरी, दीपिका प्रसाईं, पुष्प खड्का, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, शिवहरी पौड्याल, जयनन्द लामा, अनुरागमानसिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट र प्रियंका कार्कीको अभिनय रहनेछ ।

You might also like

Comments are closed.