Nepal's First Video FM

संसदमा बोल्दै थापाले भने-‘ओलीजी हिजो अरुलाई कुरीकुरी भन्दै हिडीरहनुभएको आज आफै नांगै !’

887

वैशाख ३१, नेपाली कांग्रेका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली महालम्पसारवादी भएको आरोप लगाएका छन् ।

संसदमा सोमबार सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीमा हिनताबोध देखिएको बताए । ‘प्रधानमन्त्रीले भने-‘देशको हित विपरित काम गरेको छैन’, थापाले भने, ‘कसले भनेको थियो ? न सडकमा कसैले भनेको थियो, न संसदमा । यो हिनताबोध किन?’

‘ओलीभन्दा अघि दुई जना प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गरेको थियो’, थापाले भने, ‘तर उसैगरी कुरा गर्दा कसैलाई सिंगडा खान गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनि यो । आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?” सुशील कोइरालाको अडानका बीचमा संविधान आयो, त्यही अडानका बीचमा नाकाबन्दी लागाइयो ।

त्यही सुशील कोइरालालाई लम्पसारवादी भन्नेले आज नेपालभित्र भारतको सेना किन आयो भन्दै गर्दा सत्तासिन पार्टीका एक जना सांसद उठे भन्दै हुनुहुन्छ– नेपालको सरकारले सुरक्षा दिन सकेन । त्यसैले भारतको सेना नेपाल आएको हो’, थापाले भने,-‘कतै कालापानी दोहोर्‍याउन खोजिएको त होइन ?’

‘भारतीय राष्ट्रपतिको तामझामलाई व्यंग्य गर्दै एमाले अध्यक्षले त्यतिबेला भनेका थिए– भ्रमण ठीक छ । तर यो तामझाम हेर्दा भन्न मन लालेको छ कि सरकार लम्पसारवादी भएको छ’, थापाले भने, ‘उहाँकै परिभाषा अनुसार यो तामझामलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?”

हिजो भारतसँग कुराकानी मात्रै गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दाखेरी घुँडामा घाउ भयो भन्नुभएको थियो’, थापाले भने, ‘तर हिजो अबदेखि नाकाबन्दी हुँदैन भनेर जिम्मा लिएर भन्ने प्रधानमन्त्रीलाई मैले भन्न पाउने कि नपाउने– तपाईंको घुँडामा भ्वाँङ पर्‍यो कि परेन ?’

‘हिजो चुनावका बेला मैले मात्र नेपाल बचाएको छु, अरु सबै नेता नेपाल बेच्न उद्यत छन् भनेर भन्नुभएको, मैले त्यही क्षण सम्झाएको छु’, थापाले थपे, ‘हिजो अरुलाई कुरीकुरी भन्नुभएको थियो, आज नांगै हिँड्नुभएको छ । laligurash

You might also like

Comments are closed.