वैशाख ३१, नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अंकले घटेर एक हजार ३ सय ३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको हो ।
वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो ।
सोमबार कूल १ सय ६३ कम्पनीको १० लाख सात हजार ७ सय ६४ कित्ता शेयर ४२ करोड ५१ लाख ९४ हजार २ सय ९९ मूल्यमा खरीद बिक्री भएको छ । ३ उपसमूहको शेयरको मूल्य भने बढेको छ ।
त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह ८.६६ बिन्दुले बढेका छन् । यस्तै, बैंकिङ १०.०४, व्यापार २.६२, विकास बैंक २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बीमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले ओरालो लागेको छ ।
Comments are closed.