चर्चित मोडेल करिश्मा ढकाल, आरुषी मगरको अभिनयमा गायक देवराज तामाङकको आवाजमा रहेको लोक पप गीत “भाउ खोज्ने मैया”को भिडियो ‘म्युजिक नेपाल’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
गीतमा करिश्मा र आरुषीसँगै हिमाल, सुमन र कान्छाको पनि अभिनय देख्न सकिन्छ । रोशन सिंहले संगीतसंगै र्यापमा आवाज भरेका छन् भने गायक देवराज तामाङकै शब्द रहेको छ ।
गायक तामाङले आफ्नो मायालुको प्रसंसा गर्दै मायालुलाई मन देखी नै माया गरेको तर मायालुले माया नगरेको कुरा गीतको भिडियोमा प्रस्तुत गरिएको छ । उक्त सार्वजनिक “भाउ खोज्ने मैया” बोलको गीतमा अजय रेग्मीले छायाँकन गरेको छ ।
दिपक विष्टले सम्पादन गरेका छन् भने काजिश श्रेष्ठको निर्देशन छ । हेर्नुस् भिडियो;
Comments are closed.