Nepal's First Video FM

स्व. मदन भण्डारीको स्मृति दिवसकै दिन पार्टी एकता हुने भएकोमा मलाई गर्व लागेको छ : प्रचण्ड

975

जेठ ३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहिबार पार्टी एकता गर्न लागेकोमा गौरवान्वित भएको बताएका छन् ।

एमाले नेता स्वर्गीय मदन भण्डारीको स्मृति दिवसका अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भण्डारीको अवसानकै दिन एमाले र माओवादीबीच एकता हुने भएकाले गर्व लागेको बताए ।

कार्यक्रम माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापाको पनि उपस्थित थियो । एमालेका तत्कालीन नेता भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएको थियो ।

You might also like

Comments are closed.