Nepal's First Video FM

थामियो शेयर बजार, पार्टी एकताले बजारमा सकारात्मक प्रभाव परेको टिप्पणी !

985

जेठ ३, लगातार ओरालो लाग्दै आएको शेयर बजार बिहिबार भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहिबार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ । २ ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया सहज रुपमा अगाडि बढेको भन्दै बजारमा सकारात्मक प्रभाव परेको टिप्पणी गरिएको छ ।

स्टकका अनुसार बिहिबार कूल १ सय ५४ कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता शेयर २८ करोड ५४ लाख ५५ हजार १ सय ४१ मूल्यमा खरिद बिक्री भएका थिए । पाँच उपसमूहको शेयरको मूल्य ओरालो लाग्दा पाँच उपसमूहको शेयरमात्रै उकालो लागेको थियो ।

बैंकिङ २.२, होटल २.९, विकास बैंक २.७१, जलविद्युत् ४.७९, बीमा उपसमूह २८.७२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ बिन्दुले ओरालो लागेको छ । रासस

You might also like

Comments are closed.