Nepal's First Video FM

२५ लाखको चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीका एक युवक पक्राउ

1,087

जेठ ३, ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी ३५ वर्षीया विष्णु नेपालीलाई २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीले चिट्ठा परेको २५ लाख पाउन नेपालीलाई एक लाख गुल्मीमा रहेको प्रभु बैंकको खातामा जम्मा गर्न भनेका थिए जसमध्ये नेपालीले पहिलो किस्ता बापतको ३५ हजार बैंकमा जम्मा गरिसकेको थियो ।

खत्रीले दोस्रो किस्ता रकम माग गरेपछि आफू ठगिएको हुनसक्ने आशंकामा नेपालीले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीमार्फत खत्रीलाई नियन्त्रणमा लिइएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए ।

You might also like

Comments are closed.