Nepal's First Video FM

राजदूतावासको कार्यालयमा बम बिस्फोट गराउने थप एक पक्राउ

626

जेठ ४, विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एक जनालाई पक्राउ गरिएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो ।

उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ । रासस

You might also like

Comments are closed.