Nepal's First Video FM

पार्टी एकता: रात्रिभोजमा पुगे लोकदोहोरी गायक बद्री पंगेनी, ओलीलाई राखे यस्तो प्रस्ताव !

498

जेठ ४, काठमाण्डौ । एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका थिए ।

रात्रीभोजमा कलाकारहरुसमेत उपस्थित भएर रमाइलो गरेका थिए । नाँचगान र हस्यव्यङ्ग्यले रात्रीभोजमा सहभागिलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा सहभागि कलाकारहरुले नयाँ दलका नेताहरुलाई जिम्मेवार भएर काम गर्न सुझाब दिएका थिए । दिनेश डिसीले संचालन गरेको कार्यक्रममा गायक बद्री पंगेनीले अबको पाँच वर्षमा देश विकास गर्नैपर्ने भएकाले जिम्मेवारी हुन नेताहरुलाई आग्रह गरे ।

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल सहभागि कार्यक्रममा पंगेनीले अहिलेको सरकारलाई काम गर्नबाट कसैले पनि रोकतोक नगर्ने भएकाले देश र जनताको हितमा काम गर्न सुझाब दिए ।

हस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्रले एक भएर बनेको नयाँ दललाई एकतावद्ध बनाउनुपर्नेमा नेताहरको ध्यानाकर्षण गराए । संगठनात्मक संरचना ठूलो भएको संकेत गर्दै राजेन्द्रले ४ सय ४१ सदस्यीय केन्द्रिय समिति ठूलो भएको बताए ।

व्यङ्ग्यात्मक शैलीमा उनले भने, “भोली बिहान ऋषि धमलाले भन्नेछन्, भन्नुस केन्द्रिय सदस्य किन यति ठूलो बनाउनुभयो ? जनता जान्न चाहन्छन् ।” नेताहरुलाई सचेत गराउने क्रममा राजेन्द्रले पत्रकार धमलाको शैलीमा व्यङ्ग्य गरेका थिए । “सिधा प्रश्नको सिधा उत्तर, जनता जान्न चाहन्छन्, क्लियर कट भन्नुस् ।”

राजेन्द्रको प्रश्नको जवाफमा अध्यक्ष ओलीले भने, “ऋषि धमलाले केन्द्रिय समिति ठूलो भयो भन्छन् कि भन्दैनन, भोली बिहान नेपाली बहस सुन्नुहोला ।” “भोली विहान म सुन्छु नेपाली बहस, ४ सय ४१ लाई जम्बो भन्छन् कि के भन्छन्, कसरी हुन्छ जम्बो ?” ओलीले प्रश्न गरे ।

दुई दल एक भएर नयाँ पार्टी गठन गरेपछि निकै उत्साहित देखिएका ओली र प्रचण्डले पनि कार्यक्रमको मज्जा लिए । रात्रीभोजमा कलाकारले गाउँदा र नाच्दा ओली र प्रचण्ड मुसुक्क हाँसिरहेका थिए ।

You might also like

Comments are closed.