Nepal's First Video FM

ट्र्याक्टरको ठक्करबाट पैदल हिँडिरहेका एक वृद्धको मृत्यु

413

जेठ ४, ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताए ।

सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे१त ६८६७ नंको ट्र्याक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिए । ट्र्याक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.