माघ २२, धादिङको गजुरी गाउँपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।
आइतबार बेलुका ट्रकको ठक्करबाट माइक्रोबसमा सवार एकजनाको मृत्यु भएको हो । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा घर भएका ४० बर्षीय सुजित श्रेष्ठ रहेका छन् । श्रेष्ठको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका सातजनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
साँझ पौने ५ बजे गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ८७९० नम्बरको माइक्रोबसलाई बिपरित दिशाबाट आउँदै गरेको ना६ख ६०१९ नम्बरको ट्रकले ठक्कर दिएको बताइएको छ । दुवै सवारी साधन र चालकलाई ईलाका प्रहरी कार्यालय गजुरी धादिङले नियन्त्रणमा लिएको छ ।
Comments are closed.