Nepal's First Video FM

मोदीको जनकपुर भ्रमण: एकसाता नबित्दै २ नं. प्रदेशका मन्त्री र माननीयबीच हात हालाहाल, मन्त्री झालाई ‘चोर र भ्रस्ट’को आरोप !

554

जेठ ४, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सकिएको एकसाता नबित्दै प्रदेश २ को सरकारमा लफडा शुरु भएको छ । मोदीको भ्रमणमा सात करोड २० लाख रुपैयाँ खर्च भएको बील पेस भएपछि लफडा शुरु भएको हो ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता र नेताबीच सामान्य भनाभनदेखि हात हालाहालको अवस्था पनि सृजना भएको छ । यो बीलमा अनियमितता भएको भन्दै एकअर्कालाई आरोप लगाउन थालिएको छ । हालसम्म सात करोड २० लाख खर्च भएको अनुमान छ ।

सरकारका मन्त्रीले हालसम्म आ–आफ्ना बील पेस गरि नै रहेका छन् । दुई दिन आगाडी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साह संयोजक रहेका जनपरिचालन समितिको बैठक बसेको थियो ।

सो बैठकमा सर्वसाधरण ओसार्न ३३५ वटा गाडी प्रयोग भएको र त्यसका लागि ८७ लाख खर्च भएको बील विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले पेस गरेका थिए । प्रदेश २ कृषि राज्यमन्त्री एवं फोरम नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले रौतहटबाट ल्याएका गाडीको बील पेस गरेका थिए ।

त्यसमा राजपा नेपालका प्रदेश सांसद डिम्पल झाले आपत्ति जनाएपछि झडपको स्थिति उत्पन्न भएको थियो । सांसद झाले मन्त्री यादवलाई फर्जि बील पेस गरेर अनियमितता गरेको आरोप लगाएकी थिइन् । डिम्पल झाले ‘चोर र भ्रष्ट’को आरोप लगाएपछि मन्त्री यादव पनि आवेशमा आएको स्रोतले जनाएको छ ।

त्यस्तो आरोप लगाएपछि दुईजनाको बीचमा चर्काचर्की भएको थियो । चर्काचर्कीपछि बैठक नै प्रभावित भएको थियो । यद्यपी सांसद झाले यस विषयमा अहिले आफूले केही पनि नबोल्ने बताएकी छिन् । पार्टीमा छलफल भएपछि मात्र आफूले प्रतिकृया दिने बताइन् ।

You might also like

Comments are closed.