Nepal's First Video FM

विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

496

जेठ ५, विमान दुर्घटना हुँदा कम्तिमा १०० जनाको ज्यान गएको छ। ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानास्थित जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। क्युवाको सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनको ‘बोइङ ७३७’ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेका बेला दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ६ जना चालक दलका सदस्य छन्। उक्त दुर्घटनामा तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू पनि गम्भीर घाइते छन्। विमानमा चालकदलका ९ सदस्यसहित ११३ जना सवार थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उड्नेबित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेर विस्फोट भएको हो।

गएराति (स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर) भएको विमान दुर्घटनाबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। दुर्घटना भएको विमान करिब ४० वर्ष पूरानो रहेको बताइएको छ।

दुर्घटनापछि राष्ट्रपति मिगेल डियाज़ कनेलले घटनास्थलको अवलोकन गर्दै राहत तथा उद्धारमा टोली परिचालनसमेत गरेका छन्। क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर विमान सञ्चालन गर्दै आएको थियो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.