जेठ ५, नेपाली पत्रकारहरुमाझ ‘हट केक’ मानिने चर्चित पत्रकार ऋषि धमलाबारे गीत समेत तयार भएको छ ।
राधिका हमाल र प्रदिप त्रिपाठीले गाएको गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ ।
सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार गीत प्रिज रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो । राकेश सोनीको संगीत संयोजनमा तीज भाकामा तयार गीतलाई चाँडै बजारमा ल्याइने भएको छ ।
Comments are closed.