नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक सन्तोष बानियाको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । लामो समय देखि गीत संगीतमा लागिरहेका बानिया केहि बर्ष देखि मलेशियामा बस्दै आएका थिए ।
कामकै सिलसिलामा मलेसिया पुगेका बानिया १५ घण्टा सम्म सम्पर्कमा नदेखिए पछि कलाकारहरुले खोजि गर्दै जादा उनि झुन्डिएको अबस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ ।
परिवारको सदस्य उनको बुबालाई मेरो अन्तिम बोलि भन्दै उनले आफ्नो फेसबुकबाट भोइस म्यासेज छाडेर आत्महत्या गरेको भन्ने खबर बाहिरिएको छ तर अझै पृष्टि हुन बाँकी छ । उनि संगै रहेको साथीले तत्काल नेपालमा सम्पर्क गरि मृत्यु भएको खबर सुनाएको थिए ।
डोरी लगाएर आफ्नै सुत्ने कोठामा झुन्डिएको अबस्थामा फेला परेको खबर बाहिरिएको हो । उनको सब ४ दिन पछि नेपाल ल्याउने पारिवारिक श्रोतले जानकारी दिए । तर उनको परिवार भने मिडियामा अझै सम्पर्क बिहिन छन।सम्पर्क गर्न खोज्दा सबैको मोबाइल अफ छ ।
सन्तोष बानियाका चर्चित गीतहरुमा “आज माया”,सुन चांदीको महल,बिरह लगायतका गीतहरु पर्छन।केहि दिन अगाडी मात्रै उनको बिरह गीत सांगीतिक बजारमा आएको छ ।
Comments are closed.