Nepal's First Video FM

क्रिकेट मैदानमा भएको आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

920

जेठ ६, एजेन्सी । संयुक्त राष्ट्रसंघले गत शुक्रबार पूर्वी अफगानिस्तानको एउटा खेल मैदानमा भएको आक्रमणको निन्दा गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले घटनाको निन्दा गरेको उनका सहप्रवक्ता फरहान हकले शनिबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

आम नागरिकलाई नै लक्षित गरी भएको यस आक्रमण मानवअधिकार र अन्तरराष्ट्रिय कानुन विपरित रहेको महासचिव गुथ्रेसले बताए । क्रिकेट मैदानमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने अरु ५५ जना घाइते भएका छन् ।

शुक्रबार राति ११.२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीय स्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो । रासस

You might also like

Comments are closed.