Nepal's First Video FM

मन्त्रीपरिषद बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रम सोमबार अपराह्न प्रस्तुत गरिने !

825

जेठ ६, सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम भोली अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

संघीय संसद् सचिवालयले संसद् भवन अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजे राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।

यसैविच मन्त्रीपरिषद बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा भोली संसदमा पेश हुने नयाँ आर्थीक वर्षको नीति तथा कार्यक्रम पारित गर्दै राष्ट्पति विद्यादेवी भण्डारी समक्ष पठाउने सम्भावना रहेको छ । radionrn

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.