जेठ ६, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।
ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसला अनुसार एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीय आरती गिरीलाई आइतबार कमलपोखरीबाट पक्राउ गरेको हो ।
गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएको थियो ।
गिरीले ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी पदमसुन्दरी श्रेष्ठबाट तीन लाख ३० हजार र गीता श्रेष्ठबाट एक लाख ५५ हजार लिएर फरार भएका थिए । पक्राउ गिरीलाई वैदेशिक रोजगार ठगी अनुुसार कारबाही गरिएको ब्यूरोले जनाएको छ । रासस
Comments are closed.