जेठ ६, युवालाई कृषिमा आर्कषित गराउने उद्देश्यले आइतबारदेखि काठमाडौँमा दुई दिने कृषि उद्यम सम्मेलन शुरु भएको छ ।
फोरएच नेपालले आयोजना गरेको सो सम्मेलनमा सबै जिल्लाका १ सय ६५ युवाको सहभागिता छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त सम्मेलन शुभारम्भ गर्दै कृषिको परनिर्भरता कम गर्न युवाको आर्कष बढाउनु पर्नेमा जोड दिए ।
गत वर्षदेखि शुरुवात भएकोे युवा आर्कषित कृषि जनचेतना कार्यक्रम यस वर्ष मुलुकका सबै जिल्लामा सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।
पछिलो पटक वैदेशिक रोजगारबाट फर्किआएका युवा कृषिमा आर्कषित भए पनि स्वदेशमा रहेका युवाको पलायन नरोकिएका कारण खेतबारी बाँझो हुने क्रम रोकिएको छैन । आँगनबाट मकैको थाङ्ग्रो हराएको छ ।
चोयाको भकारी फाटेका छन् । काठको ढुकुटी कीराले धुजाधुजा पारेको छ । सोली, डाला र थुन्चे बुइँगेलमा थन्किएका छन् भने कृषिको परनिर्भरता बढेर प्रति महिना एक अर्ब भन्दा बढीको चामल आयात हुन थालेको छ ।
कृषिमा सरकारी अनुदानले युवालाई आर्कषित गर्न सकेको छैन । सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरणको कुरा गरिरहे पनि र कृषि कर्जाको ब्याजदर छ प्रतिशत तोके पनि काम गर्न चाहाने युवालाई सरल रुपमा वित्तीय संस्थाबाट कर्जा लगानी भएको पाइँदैन । रासस
Comments are closed.