Nepal's First Video FM

नेकपाले आ-आफ्नो केन्द्रिय सदस्यको टुंगो लगाएपछि अनुमोदन गर्न बालुवाटारमा बैठक बस्दै

721

जेष्ठ ७, नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नो भागमा परेका केन्द्रीय सदस्यको टुंगो लगाएपछि त्यसलाई अनुमोदन गर्न बालुवाटारमा ढेड घण्टायता बैठक बसिरहेको छ ।

४ सय ४१ केन्द्रीय कमिटिमा तत्कालिन एमालेबाट २ सय ४१ र माओबादीबाट २ सय जना रहने सहमती भएको थियो । एमालेले आफ्नो पुरानो कमिटिमा ४५ जना थप्दै भागमा परेका सदस्यको नाम टुंगो लगाएको हो ।

४ हजार केन्द्रिय सदस्य रहेको माओबादीलाई भने नाम कटौती गर्दै २ सयमा झार्न सकस परेको थियो । बैठकले स्थायी समिती सदस्यको समेत टुंगो लगाउने नेताहरुले दाबि गरेका छन् ।

यस्तै जनबर्गीय संगठनको समायोजन लगायत पार्टी मुख्यालय समेत टुंगो लगाउने नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । अहिले तत्कालिन दुबै पार्टीको कार्यालयलाई मुख्यालयको रुपमा नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गर्दैै आएका छन् ।

यद्यपि पेरिस डाँडामा रहेको कार्यालयलाई नै एकिकृत पार्टीको मुख्यालय राख्ने मोटामोटि सहमती भएको छ । त्यस्तै निर्वाचन आयोगमा बिहीबार दल दर्ताका क्रममा अपुग कागजात सम्बन्धमा पनि सोमबार छलफल हुने नेता नेपालले जानकारी दिए ।

You might also like

Comments are closed.