जेठ ७, नेपाल प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शैलेश थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ । यसअघि मनोज न्यौपाने प्रहरी प्रवक्ता रहेका थिए । उनको सरुवा भएपछि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाही यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालयले थापालाई सो जिम्मेवारी दिएको जनाएको छ । थापाको सम्पर्क नम्वर ९८५१२९२१११ रहेको छ ।
Comments are closed.