जेठ ७, सन्दीप लामिछानेले यन इन्डिप्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दीपले तीनै वटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए ।
मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध थियो ।
जसमा सन्दीप एक्लो किफायती बलर सावित भए । दोस्रो खेलमा सन्दीप आनुवन्धन भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल भएको थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । उक्त खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए ।
यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र पुरस्कार स्वरूप उनलार्इ एक लाख भारु दिइयो । आइतबार सन्दीप याे सिजनकाे अन्तिम खेल मुम्बई इन्डियन्स विरुद्ध खेलेका थिए । साे खेलमा उनले चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए ।
सन्दीप पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।
अन्तिम खेल खेलिसकेपछि नेपाली युवा स्पीनर सन्दीपले इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटमा आफुलाई विश्वास गरेकोमा र अवसर दिएको दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिएका छन् । सन्दीपले सोमबार बिहान सामाजिक सन्जाल ट्वीटर मार्फत डेयर डेभिल्सलाई धन्यवाद दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्- ‘आईपिएलमा मलाई विश्वास गरेकामा र अवसर दिएकामा दिल्ली डेयर डेभिल्सलाई हार्दीक धन्यवाद दिन चाहन्छु । नयाँ कुरा सिक्न पाउनु र एक्सपोजर पाउनु अभुतपुर्व अनुभव रह्यो । यस यात्रामा मेरो साथमा रहनु हुने र यसलाई सम्भव बनाउने हुने सबैलाई धन्यवाद ।’
@IamSandeep25
I would like to express my sincere thanks to @DelhiDaredevils for believing on me and giving me an opportunity to play @IPL ! It was a great experience to learn new things and exposure i got. Thank you everyone who stood with me in this wonderful journey and making this possible.
उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो ।
Comments are closed.