जस्तो शब्द लेखे सबै आफ्नै जीवन उतारे, सर्जक स्व. सन्तोष बानियाँको जीवनकै अन्तिम गित ‘बिरह’ (हेर्नुस् भिडियो)
नानु संगीता कुलुङ
काठमाडौं । भन्छन अक्षर पानीमा लेखिन्न मन रोएको आखामा देखिन्न
तिम्रै लागि गाउदैछु म विरहको गित
जे जे थिए सबै दिए बाकी अब यहि आशु किन्न दिन्न तिमीलाई राख्छु आफै सित
शब्द बेचे, संगीतको धुन बेचे, कहिले आफ्नै पसिना खुन बेचे
तिम्रै लागि गाउदैछु म विरहको गित
जे जे थिए सबै दिए बाकी अब यहि आशु किन्न दिन्न तिमीलाई राख्छु आफै सित
जस्तो शब्द लेखे सबै आफ्नै जीवन उतारेका रहेछन सर्जक स्व. सन्तोष बानियाँ । उहाँले सिर्जना गर्नुभएका प्रत्येक शब्दहरु हृदयस्पर्शी हुन्छन् । तर यो पटक सार्वजनिक गरेका ‘बिरह’ भने साच्चिकै आफ्नै लागि लेखे ।
‘बिरह’ नाम दिएर एस.एन.बि.म्युजिक एक्प्रेसमार्फत भर्खरै मात्र बजारमा ल्याएका यो गीतमा आवाज भने सुमधुर स्वरकी धनि गायिका टिका पुन र एल.बि. अर्जुन कुवरको रहेको छ ।
सन्तोष बानियाँको अति सार्थक र मार्मिक शब्द र राजकुमार बानियाँको संगीत छ भने चर्चित मोडेल रन्जिता गुरुङ, बुद्धवीर थापा र बालकलाकार सिन्ड्रेला बानियाँको अभिनय रहेको छ ।
उक्त सार्वजनिक गीतमा बिनोद बाजुरालीको एरेन्ज छ भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् । नेपाली लोक दोहोरी क्षेत्रका धरोहर सर्जक सन्तोष बानियाँले जीवनकै अन्तिम गितका रुपमा छोडेर गएका ‘बिरह’ यतिबेला चर्चाको शिखर चुमिरहेको छ । एकपटक हेर्नुस् ‘बिरह’को यो उत्कृष्ट गीतको म्युजिक भिडियो;
Comments are closed.