जेठ ८, साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेपछि मृतकका परिवारले शतप्रतिशत न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
सनमकी आमा कल्पना र श्रीमती सुनिता शाक्य सुन तस्करी र सनम हत्याको विषयमा बहस सुन्न मंगलबार मोरङ अदालत आएका थिए । त्यहीबेला नै उनीहरूले गोरे पक्राउ परेको खबर सुनेका थिए । गोरे पक्राउ परेको खबर सुन्नासाथ उनीहरु खुसी देखिएका थिए ।
आमा कल्पनाले भनिन्, “जन्मकैद फैसलाको अपेक्षा गरेको छु ।” श्रीमती सुनिताले पनि ज्यान मार्नेलाई जन्म कैद नै हुनुपर्ने माग गरिन् । जिल्ला अदालत मोरङको ६ नम्बर बेन्चमा न्यायाधीश नारायण शर्माको इजलासमा सरकारी वकिलहरुले प्रतिउत्तर बहस गरिरहेका थिए ।
इजलासभित्र बसेका पीडित–पीडक एकआपसमा गोरे पक्राउ परेको खबर कान फुकेर सुनाउँदै थिए । साभार बाह्रखरी
Comments are closed.