नेकपाको केन्द्रिय सदस्यमा ४ सय ४१, पार्टीमा वरीयता छुट्याउदा विवाद देखिएपछि अन्ततः वर्णानुक्रम राखियो नाम !
जेठ ८, नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरेको छ । जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण पश्चात् ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएको थियो ।
सहमति अनुसार एमालेतिरबाट २ सय ४१ र माओवादीतिरबाट २ सय जनाले केन्द्रीय सदस्यमा प्रवेश पाएका थिए । सोमबार बसेको सचिवालय बैठकले ४ सय ४१ जनाको नाम अनुमोदन गरेको थियो ।
विघटित दुई पार्टीमा वरीयता क्रम छुट्याउने क्रममा विवाद देखिएपछि अन्ततः वर्णानुक्रम अनुसार नाम सार्वजनिक गरिएको हो ।
Comments are closed.