Nepal's First Video FM

किन माग्यो नेपाल सरकारले फेसबुकसँग १ सय १० एकाउन्टको विवरण ? पढ्नुहोस

604

जेठ ८, नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्ट सम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ ।

फेसबुकले यसै साता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक पटक गरी एक सय १० फेसबुक एकाउन्टको विवरण माग भएको जनाएको छ । तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०१७ को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो । तीमध्ये ४१ वटा एकान्टको विवरण कानुनी प्रक्रियाको क्रममा माग गरिएको थियो ।

२ वटा एकाउन्ट विवरण भने आपत्कालिन परिस्थितिमा माग भएको रिपोर्टमा उल्लेख छ । यस्तै, जुलाईदेखि डिसेम्बरसम्म ६ महिने अवधिमा ६७ प्रयोगकर्ताको विवरण माग गरिएको फेसबुकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

नेपाल सरकारका निकायले ४३ कानुनी प्रक्रियामा रहेका ६३ एकाउन्टको विवरण माग गरेको थियो । सो अवधिमा ४ वटा एकाउन्टको विवरण आपत्कालिन भन्दै मागिएको फेसबुकले जनाएको छ ।

फेसबुकले आफ्नो वार्षिक ट्रान्सपरेन्सी रिपोर्टमा संसारका विभिन्न देशका सरकारी निकायले माग गरेको विवरणसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ । सबैभन्दा धेरै विवरण अमेरिका, भारत, जर्मनी, फ्रान्सजस्ता देशले माग्दै आएका छन् ।

सन् २०१७ को पहिलो ६ महिनामा नेपाल सरकारले माग गरेकामध्ये आधाजस्तो विवरण उपलब्ध गराएको फेसबुकको रिपोर्टमा जनाइएको छ तर अघिल्लो वर्षको जुलाई डिसेम्बरसम्म माग गरिएको विवरणमध्ये ३८ प्रतिशत मात्रै उपलब्ध गराइएको रिपोर्टमा भनिएको छ ।

फेसबुकले सरकारबाट आउने विवरण उपलब्ध गराउनु अघि आफूले कानुनी पक्ष बुझेर मात्रै उपलब्ध गराउने उल्लेख गरेका छ । फेसबुकको ट्रान्सपरेन्सी रिपोर्टअनुसार नेपाल सरकारको निकायले सन् २०१७ मा धेरै विवरणमाग गरेको देखिन्छ ।

सरकारी निकायबाट माग हुने एकाउन्टसम्बन्धी विवरणको मात्रा बढ्दो रहेको फेसबुकले जनाएको छ । विभिन्न सरकारी निकायले मागेको विवरण उपलब्ध गराउँएको अधिकांश घटनामा फेसबुकले प्रयोगकर्तालाई जानकारी गराउँदैन । कान्तिपुरबाट साभार

You might also like

Comments are closed.