Nepal's First Video FM

निरन्तर ओरालो लाग्दै शेयर बजार, पुन: आज चार अंकले घट्यो

653

जेठ ८, निरन्तर ओरालो लाग्दै आएको शेयर बजार मंगलबार पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १ सय ६० कम्पनीको १० लाख ४७ हजार ८ सय ४३ कित्ता शेयर ५३ करोड ८६ लाख ९ हजार ३ सय ८९ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार मंगलबार तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर बढेको छ । होटल २.९३, उत्पादन ५.८५ र माइक्रोफाइनान्स समूहको शेयर ५.७५ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४.१४, विकास बैंक ७.२, जलविद्युत् ३.९३, फाइनान्स १.५६, बीमा २४.४५ तथा अन्य समूह ५.३५ बिन्दुले घटेको छ । रासस

You might also like

Comments are closed.