Nepal's First Video FM

नेपाल टेलिकमको डाटा सेवा प्रयोग गर्ने एक करोड एक लाख ५४ हजार पुगे

497

जेठ ८, नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।

कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेको टेलिकमले मंगलबार विज्ञप्ति मार्फत जनाएको हो ।

विस २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकामा २०७४ चैत अन्त्यसम्ममा उक्त संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ ।

विसं २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

रिपोर्टअनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार १ सय ७२ छन् । गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ ।

जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार ५ सय ३९, सिडिएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार ३ सय ७३ रहेका छन् । रासस

You might also like

Comments are closed.