Nepal's First Video FM

इतिहासको जन्मदिन: गणतन्त्र जनताको व्यवस्था हो, सरकारको होइन : राज्यमन्त्री बास्कोटा

642

जनतासम्म गणतन्त्रको सकारात्मक सन्देश पु¥याउनुपर्छ ः राज्यमन्त्री बास्कोटा
जेठ ८, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा उहाँले जनतासम्म गणतन्त्रको महत्वको सकारात्मक सन्देश प्रवाह गर्ने ढंगले प्रचारप्रसारको तयारीको व्यवस्थापन मिलाउन मातहतका निकायलाई सुझाव दिए ।

विसं २०६५ जेठ १५ गते संसद्बाट नेपाललाई संघीय गणतन्त्र मुलुक घोषणा गरिएको थियो । राज्यमन्त्री बाँस्कोटाले भने– “गणतन्त्र जनताको व्यवस्था हो, सरकारको होइन, परम्पराभन्दा अलि पृथक र सिर्जनशील ढंगले गणतन्त्र सम्बन्धी विषयवस्तु प्रस्तुत होस् ।”

गणतन्त्रपछि समाजले गरेको उपलब्धि, आर्थिक विकास, लगानी प्रवद्र्धन, वैदेशिक सम्बन्धजस्ता विषयलाई ऊजागर गर्न सुझाव दिँदै उहाँले गणतन्त्रलाई संस्थागत गर्न युवा पुस्तालाई गणतन्त्र ल्याउन भएको आन्दोलन र योगदानको जानकारी दिलाउन आवश्यक रहेको बताए ।

मुलुकमा राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागी रहेका नागरिकको उत्साह, आजको मूल्यांकन र उहाँहरुले चाहेको आगामी बाटो समेटिएको जीवन्त कथा जस्ता घटनालाई प्राथमिकताका साथ प्रचारप्रसार गर्न सुझाव दिँदै राज्यमन्त्री बाँस्कोटाले गणतन्त्रलाई कमजोर तुल्याउने खालका एउटै पात्र र उही गन्थनलाई दोहो¥याउन आवश्यक नरहेको सल्लाह दिए ।

सो अवसरमा यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म गणतन्त्र दिवस भव्यसँग मनाउन आ–आफना संस्थाले तयार गरेको कार्यक्रमका बारेमा मातहतका संस्थाको तर्फबाट जानकारी गराइयो ।

जेठ १५ गते हुने मूलसमारोह बाहेकका दिनमा पनि गणतन्त्रको महत्वबारे रेडियो नेपालले परिसंवाद तथा नेपाल टेलिभिजनबाट गणतन्त्र ल्याउन भएका आन्दोलन सम्बन्धी वित्तचित्र र योगदानबारे प्रचार प्रसारका कार्यक्रम चलाउने जानकारी दिइयो । रासस

You might also like

Comments are closed.