Nepal's First Video FM

हरिश बिसीले बनाए युवा मोडेल टेक बिस्टलाई घाइते, प्रेमिका टिका जैशिको रुवाबासी (भिडियोसहित)

681

नेपालि लोकगीत संगीतमा दिनप्रतिदिन फरक खालका गित सार्वजनिक भैरहेका छन् । हरिश बिसीको प्रस्तुतिमा ”घाईते मुटु” सार्वजनिक भएको छ । उक्त्त गीतमा पूर्णकला बिसी र तेजेन्द्र विवस रावलको सुमधुर आवाज रहेको छ ।

गायक तेजेन्द्र विवस रावलको उत्कृष्ट लय रहेको यस गीतमा हरिश विसीको शब्द रहेको छ । यस गीतको म्युजिक भिडियो निर्देशन भने बिक्रम चौहानले गरेका छन् । जसमा विनोद बाजुरेलीको संगीत सयोजन रहेको छ ।

प्रकाश खडकाको छायाँकन रहेको यस गीतको सम्पादन भने मिलन बिकले गरेका हुँन । यस गीतको म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका चर्चित सर्जक तथा जल्दाबल्दा मोडल टेक विष्टले अभिनय गर्नु भएको छ ।

अछाममा जन्मिएका विष्ट भने यतिबेला मोडलिंङ क्षेत्रमा भने निकै नै ब्यस्त कलाकारको रुपमा लिन सकिन्छ । दर्जनौ भन्दा बढी गीतमा मोडलिंङ गरिसकेका विष्टले यतिबेला बजार तताउने तरखर गरिरहेका छन् ।

आजभोली पढाई संगसंगै मोडलिङमा निकै नै व्यस्त रहेका विष्टलाई यस गीतको म्युजिक भिडियोमा टिका जैशीले साथ् दिएकी छन् । वि-स्टार फिल्मस प्रा.लीको ब्यानरमा निर्माण भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने उग्रतारा डिजिटल म्युजिक प्रालिले गरेको छ । भिडियो हेर्नुहोस;

 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.