जेठ ९, काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । मंगलबार अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले बुधबार जिल्ला अदालत मोरङमा थुनछेक बयान सुरु गरिएको हो ।
जिल्ला अदालतले हिजोमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश जारी गरेको थियो ।
सरकारद्वारा गठित छानबिन समितिको टोलीले हिजो काठमाडौंमा मुख्य अभियुक्त भनिएका गोरेलाई पक्राउ पछि सार्वजनीक गरेको हो । कडा सुरक्षाकाबीच विराटनगर पु¥याइएका गोरेलाई बुधबार अदालतले सुन तस्करी र उनीमाथि लागेको आरोपको बिषयमा बयान लिदैछ ।
गोरेलाई मुख्य अभियुक्तको रुपमा हेरिएकाले उनले दिने बयानमा घटनामा संलग्न थप व्यक्तिहरुको खुलासा हुनसक्ने भएकाले यसलाई अन्य व्यक्तिको पोल खुल्ने रुपमा हेरिएको छ । radionrn
Comments are closed.