Nepal's First Video FM

टिपरको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका ३ जनाको ज्यान गयो

735

जेठ ९, काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र उनका छोरा १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ । टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस

You might also like

Comments are closed.