जेष्ठ १०, २०७५ सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आज दोस्रो दिन पनि प्रतिनिधिसभामा छलफल हुँदैछ । राष्ट्रियसभा भने आजबाट नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
विहान १० बजेका लागि बोलाईएको प्रतिनिधिसभा बैठकमा आज पनि सांसदहरुले धारणा राख्ने क्रम जारी रहनेछ । राष्ट्रिय सभाको बैठक भने दिउँसो एक बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजो बैठकमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले मुलुकलाई सम्बृद्धि तर्फ अग्रसर गराउने उत्साहजनक रहेको दावी गरेका छन् । नेकपाकै सांसदबाट संविधान संशोधनको प्रतिवद्धताको माग गर्दै गर्दा मधेश केन्द्रित दलले भने त्यसलाई गम्भीर त्रुटि भनेका छन् । कांग्रेसले भने सरकारी लक्ष्य प्रशंसायोग्य भएपनि कार्यक्रम नभएको बताएको छ । यद्यपी सरकारका राम्रा काममा समर्थन गर्दै अगाडि बढ्ने उसको भनाई छ ।
Comments are closed.