Nepal's First Video FM

बस दुर्घटना हुदा नवलपरासीमा ३२ घाइते, ५ जना गम्भीर

576

जेठ १०, नवलपरासीमा भएको बस दुर्घटनामा परि ३२ जना घाइते भएका छन् । गयराति पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत अरुणखोला जंगलमा बस दुर्घटना भएको हो ।

राति २ बजे काठमाडौबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको बसले अर्को गाडिलाई उछिन्ने क्रममा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर छ । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते भएका कैलालीका श्याम चौधरी, मिना बोहरा, करिकला बोहरा, कुमार खत्री र किशोर गोपालको उपचार भइरहेको मेडिकल कलेजले जनाएको छ । radionrn

You might also like

Comments are closed.