Nepal's First Video FM

इतिहासमै पहिलो पटक संगीतका सबै हस्तीहरु एक साथ् टेलिभिजनबाट गरे लाइभ बिमोचन चर्चित गायक अजर जंगमको आधुनिक एल्बम (हेर्नुहोस गीत कस्तो बन्यो)

667

कमल सरगम-काठमाण्डौ नेपाली संगीत क्षेत्रका अग्रज सर्जक किरण खरेलको प्रमुख आतिथ्यतामा नेपाली गित र संगीत श्रेत्रको महारथीहरूको अभुतपूर्व जमघटमाझ सम्पुर्ण गित संगित पारखीहरूलाई साक्षीराखी केहि दिन अगाडी नेपाल टेलिभिजन प्लसको लोकप्रिय कार्यक्रम झंकार लाईभ शो मार्फत बरिष्ठ संगितकार दीपक जंगम र गीतकार लक्ष्मण राईको “चाहिएन सागर ” गीती संग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको हो।किरण खरेल , प्रेमध्वज प्रधान र दीप श्रेष्ठले गीती संग्रहको लागी बधाई तथा सफलताको शुभकामना प्रदान गर्नु भएको थियो । प्रा. डा. श्री कृष्णहरि बरालले सम्पुर्ण गीतहरूको समिक्षा गर्दै गीती संग्रह एक उत्कृष्ट प्रस्तुती भएको र आफुले यो गीती संग्रहलाई आधुनिक नभनी कन्टेम्पोरेरी भन्न रुचाउने उक्त कार्यक्रममा बताआउनु भयो!शक्ति बल्लभले संगीतको महासागरमा डुबुल्की मार्नेलाई साच्चै सागर चाहिदैन र यो गीती संग्रहको आसय पनी आफुलाई त्यहि लागेको कुरा ब्यक्त गर्नु भयो र साथै अहिलेको परिस्थितिमा श्रोता छैनन् भन्न मिल्दैन, श्रोता बनाउनु पर्छ र हरेक संगीत साधक चाहे त्यो गीतकार होस, संगीतकार होस वा गायक- गायिका श्रोता बनाउन सक्नुनै सफलता हो र यो गीती संग्रहले आफ्नो श्रोता बनाउन सकेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।
भिडियो :

सोहि क्रममा राजेन्द्र थापाले आफु र दीपक जंगम बाल्यकाल देखि नै साथी रहेको र आफुले जंगमलाई संगीतकार भन्दा पनि गायकको रूपमा चिन्ने गरेको कुरा ब्यक्त गर्नु भयो र आफ्नो संगीत क्षेत्रको सुरुवाती दिनको कुरा गरेर एक किसिमको रमाइलो वातावरण सिर्जना गर्नुभयो । गीतकार लक्ष्मण राई ले आफुले यो पहिलो प्रयास गरेको र श्रोताहरूको प्रतिकृया पाए पछि आफुलाई निखार्दै लैजाने र नयाँ नयाँ प्रस्तुती लिएर श्रोता सामु उपस्थित भैरहने बताउनु भयो।संगीतकार श्री दीपक जंगमले यस गीती संग्रहमा नयाँ पुस्तासँग काम गर्न पाएकोमा आफु अत्यन्तै खुसी रहेको कुरा ब्यक्त गर्दै , यस गीती संग्रहमा आफुलाई प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै गीतीसंग्रह कसरी बन्न पुग्यो भन्ने कुरामा प्रकाश पार्नु भएको थियो । गायिका संगीता राणा प्रधान ले आफुले यस गीती संग्रहको गीतमा आफ्नो स्वर भर्न पाउँदा अत्यन्तै खुशी रहेको कुरा ब्यक्त गर्नु भयो र गीत गाएर पनि सुनाउनुभयो । गायक अजर जंगम ले भने आफुले गाउने मात्र जिम्मेवारी नपाईकन एउटा गीतमा आफ्नो संगीत पनि भर्न पाएकोमा आफु अत्यन्तै खुसी रहेको कुरा ब्यक्त गर्नु भयो र कार्यक्रममै गीत पनि गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो।कार्यक्रममा सोहि गीतीसंग्रहको २ वटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रम प्रस्तोता श्री बिवश राई ले प्रस्तुतगर्नु भएको थियो।यो गीतिसंग्रह को ब्यबस्थापन बर्तमान नेपालि संङ्गीत बजारको अग्रणी म्यूजिक कम्पनि बिन्ध्यबासीनि म्यूजिक प्रा लि ले गरेको छ।
जय गीत जय संगीत !!!

You might also like

Comments are closed.