Nepal's First Video FM

विद्यालय छाड्दै घरेलु कामदार

563

जेठ १२, सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने गरेका छन् । शैक्षिक सत्रको शुरुमा भर्ना भएका विद्यार्थीमध्ये काठमाडौँ उपत्यका बाहिर घर हुनेहरु घर गएर नफर्कँदाबीचमा विद्यालय छाड्नेको संख्या बढेको छ । तीन वर्ष पहिले भने झण्डै बीचमा विद्यालय छाड्ने विद्यार्थीको संख्या ९० जनासम्म पुगेको थियो ।

वैशाखमा भर्ना भएका जम्मा विद्यार्थीमध्ये चैतसम्ममा ५० देखि ६० जनासम्म कम हुने गरेको विद्यालयकी शिक्षिका मुना शर्माले बताउनुभयो । काठमाडौँ उपत्यकाका नगर क्षेत्रका अरु विद्यालयमा जस्तै सो विद्यालयमा स्थानीय विद्यार्थी छैनन् । आसपासका क्षेत्रमा अरुका घरमा काम गर्ने घरेलु कामदार बालबालिका सबैभन्दा बढी छन् । उहाँ भन्नुहुन्छ, “घरधनीले ल्याएर भर्ना त गर्छन् तर उनीहरु कति समयसम्म पढ्छन्् भन्ने टुंगो हुँदैन ।”

सो विद्यालयबाट बाहिर निस्केका विद्यार्थी आफ्नो गाउँका विद्यालयमा गएर पढ्छन् वा पढ्दैनन् भन्ने जानकारी विद्यालयसँग हुँदैन । विद्यालयले एक–दुई पटकसम्म विद्यार्थी किन नआएको भन्ने खोजी गर्छ । बालबालिकालाई काममा राख्ने घरधनीलाई पनि घर गएको बाहेक अरु जानकारी नहुने अर्की शिक्षिका राज्यलक्ष्मी अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पनि घरसम्मबाट पत्ता लगाउन सक्दैनौँ ।”

रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.