Nepal's First Video FM

कहाँ छन् कपिल शर्मा ? अब मिडियामा फर्केलान् त ?

556

भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण चर्चामा आएका कलाकार हुन् । चर्चाकाे शिखरमा पुग्दै गर्दा कपिल आफ्नै सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए ।

विवादमा मुछिए लगत्तै उनकाे शाे पनि बन्द हुन् पुग्याे । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक गरेका थिए । उक्त शाेमा पनि चर्चित नायिका रानी मुखर्जीलाई बोलाएर आँफै अनुपस्थित बनेपछि उनी फेरी आलोचीत बनेका थिए । तर, त्यो शो पनि अहिले स्थगित छ ।

पछिल्लो समय कपिल शर्मा कहाँ, के गर्दैछन् कसैलार्इ थाहा छैन् । गुमनाम रहेका कमेडियन कपिल शर्माबारे मिडियाहरुले पनि केहि भेउ पाउन सकेका छैनन् ।

अत्याधिक विबादका कारण उनी लामो समयदेखि फ्रस्टेनको शिकार बन्न पुगेका छन् । कपिलकाे शुभचिन्तक तथा फ्यानहरूका लागि एकदमै चासाेकाे विषय बनेकाे छ, कहाँ, के गर्दै छन् उनी अनि नयाँ शाे मार्फत कहिले कमब्याक गर्दैछन् ? news24

You might also like

Comments are closed.